यूटर्न गर्न खोज्दा थानकोटमा गाडीले मोटरसाइकललाई ठक्कर दियो..

Thankot Times

थानकोट । 

बिहीबार साँझ कलंकी-नागढुङ्गा सडकको थानकोट खरिबोटमा सवारी दुर्घटना भएको छ । 

प्रहरीका अनुसार को. ३४ प. ५८४९ नम्बरको मोटरसाइकललाई बा. प्र. ०३-००१-च १०९५ नम्बरको निजी गाडीले ठक्कर दिँदा बानेश्वरका ३९ वर्षीय युवा घाइते भएका छन् । मोटरसाइकल थानकोटबाट कलंकीतर्फ जाने क्रममा थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

दुर्घटनामा संलग्न दुवै सवारीसाधनमा भने कुनै क्षति नभएको बताइएको छ । 

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *