सुन चाँदीको मूल्य स्थिर
थानकोट ।
आज सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ ।
यस दिन सुनचाँदीको मूल्य आइतबारकै झैं कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
सोमबार चाँदीको मूल्य तोलाको दुई हजार १ सय ६५ रुपैयाँ कायम छ ।
हिजो आइतबार पनि चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा नै कारोबार भएको थियो ।












