भगवती मानव कल्याण संगठन नेपालको अध्यक्षमा चेकपोष्ट निवासी डा. मिनु सिग्देल चयन
थानकोट ।
भगवती मानव कल्याण संगठन नेपालको अध्यक्षमा चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट निवासी डा. मिनु सिग्देल चयन भएकी छन् ।
सिग्देल यसअघि संगठन सचिवको भूमिकामा थिइन् ।
भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।
संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको छ ।
यस्तै संगठनले योग, ध्यान,–साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रुपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।













