सुन चाँदीको मूल्यमा गिरावट, आन्दोलनरत सुन चाँदी व्यवसायीहरू दोकान फर्किए
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदी २ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा २ हजार २ सय २५ रुपैयाँ कायम भएको थियो ।
यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।












