चेकपोष्ट क्षेत्रमा मोबाइल र ल्यापटप चोरीमा संलग्न बलम्बुकी २७ वर्षीया महिला पक्राउ
थानकोट ।
थानकोट चेकपोष्टस्थित कुमारी बैंक नजिकै मूल सडकमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा एकजना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बलम्बुकी २७ की महिला छन् ।
उनलाई चेकजाँचका क्रममा निजको साथबाट स्मार्ट मोबाइल ६ थान, ट्याबलेट मोबाइल १ थान, ल्यापटप थान १ थान बरामद भएको प्रहरीको भनाइ छ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान टोलमा रहेका विभिन्न ४ जना मानिसको घर कोठामा प्रवेश गरी चोरी गरेको खुल्न आएकोले उक्त बरामद सामानहरूसहित ती महिलालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ ।
उनले सोही प्रकृतिका मोबाइल ल्यापटप र नगद रकम चोरी गरेको कसुरमा ५ पटक सजाय भुक्तान गरेको समेत अभिलेखमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।












