चन्द्रागिरि हिल्सले ल्यायो ‘विद्यार्थी अफर’, साउन ३० सम्म केबलकारको टिकटमा विशेष छुट
थानकोट ।
काठमाडाैं उपत्यकाको पहिलो केबलकार चन्द्रागिरि केबलकारले विद्यार्थीहरूका लागि लक्षित गर्दै नयाँ स्कीम सार्वजनिक गरेको छ ।
चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले विद्यार्थीहरूका लागि केबलकार र साहसिक गतिविधिमा २५ प्रतिशत छुट तथा स्काईवाकमा निःशुल्क रमाउन पाउने स्कीम ल्याएको हो ।
यो क्रम साउन ३० गते (तदअनुसार अगष्ट १५) सम्म जारी रहने हिल्सले जनाएको छ ।
यस स्कीम प्राप्त गर्नका लागि विद्यार्थीहरूले सक्कल विद्यार्थी परिचयपत्र साथमा ल्याउनु पर्नेछ ।
चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ













