सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (साउन १) छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *