‘राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनमा कुनै विभेद गरिनेछैन्’- चन्द्रागिरि वडा नंं ६ को कार्यालय

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ को कार्यालयले राष्ट्रिय परिचयपत्र विवरण संकलनमा वडाबासीहरूमा स्वेच्छापूर्वक सहभागिता जनाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा सो वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनकाे कार्य भइरहँदा फाेटाे खिच्ने क्रममा टोपी लगाएका पुरूषलाई टोपी झिक्न लगाएको तथा पोते, टीका लगाएका महिलालाई सो हटाउन लगाएको भन्ने भिडियो सार्वजनिक भएपछि वडा कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै वडाबासीहरूमा सो अनुरोध गरेको हो ।

वडाध्यक्ष संजय सिग्देलद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तीमा कुनै जात, धर्म, वर्णका आधारमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनमा विभेद नगरिने र गर्न नहुने स्पष्ट पार्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ तथा निर्देश बमोजिम राष्ट्रिय परिचयपत्र फोटो खिच्ने क्रममा खटिएका कर्मचारीहरूले स्पष्ट रूपमा मुखाकृत देखिने गरी विद्युतीय तस्बिर खिच्नुपर्ने व्यवस्था बमोजिमको कार्य गरेको स्पष्ट पारिएको छ ।

साथै, राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन एवं फोटो खिचाउने क्रममा असहज महशुस भएमा वडाबासीले वडाध्यक्षको कक्षमा सिधै सम्पर्क राख्न सकिने प्रेस विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *