नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ यस रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला दुई हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।












