सुनको मूल्य बढ्यो
थानकोट ।
आज मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँ कायम छ ।
हिजो सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।












