साउन २ गते थानकोट चेकपोष्टबाट सम्पर्कविहिन भएका श्रीकृष्ण खड्का अझै भेटिएनन्
थानकोट ।
यही साउन २ गते शुक्रबार थानकोट चेकपोष्टबाट सम्पर्कविहिन भएका श्रीकृष्ण खड्का अझै नभेटिएको परिवारजनले बताएका छन् ।
चन्द्रागिरि नगरपालिका-०६ चेकपोष्टका स्थानीय खड्का हाल दाउरा डिपो बसोबास गर्दै आएका छन् ।
खड्काको खोजीमा प्रहरी वृत्त थानकोटले समेत अग्रसरता लिएपनि बिहीबार साँझसम्म उनको अवस्था अज्ञात रहेको बताइएको छ ।
७२ वर्षीय खड्काको खोजीमा सहयोग गर्न उनका परिवारले सबैमा अनुरोध गरेका छन् ।












