सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७ सय रुपैयाँ कायम छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय ४० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला दुई हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।












