थानकोटस्थित प्रभात माविमा कम्प्युटर विज्ञान शिक्षण शिक्षक माग
थानकोट ।
थानकोट चेकपोष्टस्थित प्रभात माविले कम्प्युटर विज्ञान शिक्षण शिक्षक माग गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै विद्यालयले माध्यमिक तृतीय श्रेणीमा करार सेवामा शिक्षक माग गरेको हो ।
विज्ञान विषय अन्तर्गत सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेका व्यक्ति सो पदका लागि योग्य हुने बताइएको छ ।
इच्छुकले साउन २५ गतेसम्म आवेदन पेश गर्न सक्ने विद्यालयले जनाएको छ ।
सूचना हेर्नुहोस्ः













