सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य आज मंगलबार हिजोको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज मंगलबार चाँदीको भाउ तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला दुई हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।












