नेपालका रविन्द्र ढाँट बने बान्टमवेट च्याम्पियन, भारतका प्रतिस्पर्धी नकआउट

Thankot Times

थानकोट।

नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्।

शनिबार राति भारतको नोएडामा सम्पन्न प्रतिस्पर्धामा उनले डिफेन्डिङ च्याम्पियन भारतका चोङरेङ कोरेनलाई नकआउट गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन्।

खेलको सुरुवाती दुई राउन्डमा दुवै फाइटरबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

तर, तेस्रो राउन्ड सुरु भएको ५४ सेकेन्डमै ढाँटले शक्तिशाली प्रहार गर्दै कोरेनलाई नकआउट गर्न सफल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *