सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतबार (साउन १८) सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

सुनको मूल्य एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँ कायम छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *