छतको पानी सिधै सडकमा खस्न थालेपछि घर-घर पुग्दै चन्द्रागिरि-५ का जनप्रतिनिधि
थानकोट ।
घरको छतबाट सिधै सडकमा पानी खसाल्ने प्रवृत्ति बढेपछि चन्द्रागिरि नगरपालिका वडा नं. ५ को कार्यालयले घरघरमा पुगेर सडकतर्फ सोझिएका पाइप व्यवस्थित गर्ने भएको छ ।
वडा कार्यालयले साउन १८मा (आइतबार) सार्वजनिक आह्वान गरेरै सो छतको पानी सडकमा सोझ्याउने क्रम बन्द गर्न सबैमा जानकारी गराएको हो ।
साउन २५ गतेसम्मको समयसीमा दिएर वडाले त्यस्ता पाइप व्यवस्थित गर्न वडाबासीहरूमा अनुरोध गरेको हो ।
सो समयसीमा भित्रपनि पाइपको पानी सडकमै खस्ने क्रम जारी रहेमा सुरक्षाकर्मीको सहयोगमा भत्काइने समेत वडा कार्यालयले जनाएको छ । साथै, सो कार्यका क्रममा भएको खर्च सम्बन्धित घरधनीबाटै असुलिने सूचनामा उल्लेख छ ।
यसैगरी वडाले घरको आँगन र सडक जोडेर बनाइएका स्ल्याबहरूसमेत साउन २५ गतेभित्र भत्काइसक्न सबै घरधनीहरूमा जानकारी गराएको छ । त्यस्ता संरचनाले दुर्घटनाको जोखिम बढाएको तथा सडकको साैन्दर्यतामा ह्रास निम्त्याएको वडाध्यक्ष राजेन्द्र महर्जनको भनाइ छ।
निर्धारित अविधिभित्र सो संरचना नहटेमा सुरक्षाकर्मीको सहयोगमा भत्काइने समेत वडा कार्यालयले जनाएको छ । साथै, सो कार्यका क्रममा भएको खर्च सम्बन्धित घरधनीबाटै असुलिने सूचनामा उल्लेख छ ।
सूचना हेराैं













