वडाध्यक्षको निधनभएपछि तारकेश्वर गाउँपालिकामा आज शोक बिदा

Thankot Times

थानकोट।

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ।

काठमाडाैंको विर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको गाउँपालिकाले जानकारी दिएको छ।

उनको निधनप्रति तारकेश्वर गाउँपालिकाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

यस दुखद घडीमा गाउँपालिकाले सोमबार शोक बिदाको घोषणा गरेएको छ।

यस दिन तारकेश्वर गाउँपालिका अन्तर्गतका सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *