सुन चाँदीको मूल्य बढ्यो
थानकोट।
नेपाली बजारमा सोमबार (साउन १९) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ६ सय रुपैयाँ कायम छ ।
हिजो आइतबार (साउन १९) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार २ सय ५५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।












