कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, यो वर्ष नेपालबाट ५३०० जना हुनेछन् छनोट
थानकोट ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ई.पि.एस. कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।
ई.पि.एस. शाखाका अनुसार परीक्षा आवेदन फाराम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। इच्छुक उम्मेदवारले https://eoers.epsnepal.gov.np वेबसाइटमा गई आवेदन दिनुपर्नेछ।
परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।
यो परीक्षा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तर्गत लिइने हो। परीक्षा र छनोट प्रक्रिया एचआरडी सर्भिस अफ कोरियाको समन्वयमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।
ई.पि.एस. शाखाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित म्यादभित्र आवेदन दिन आह्वान गरेको छ। परीक्षा सम्बन्धी थप जानकारि अर्को सूचनामार्फत दिइने सूचनामा उल्लेख छ ।



















