पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्दै टेलिकम

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले विभिन्न पोस्टपेड सेवाको धरौटीलाई बिलमा समायोजन गर्न थालेको छ ।

एक सूचना जारी गर्दै कम्पनीले साउन १ देखि धरौटीसम्बन्धी व्यवस्था परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रूपमा रूपमा लिन थालेको जानकारी दिएको छ ।

यसअन्तर्गत जीएसएमए सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, टोल फ्री, भिस्याट लगायतका पोस्टपेड सेवा जडान गर्दा लिँदै आएको धरौटीसम्बन्धी व्यवस्थालाई परिवर्तन गरी सोही बराबरको रकमलाई एडभान्सका रूपमा लिइने टेलिकमले जनाएको छ ।

‘साबिकका ग्राहकहरूको हाल कायम रहेको धरौटीलाई साउन मसान्तधित्र क्रमिक रूपमा बाँकी बक्यौतामा समायोजन गरी बाँकी रहने रकमलाई एडभान्सका रूपमा कायम गरिने छ,’ टेलिकमकाे सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *