सुनसरीमा बस र माइक्रो बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १५ जना घाइते

Thankot Times

थानकोट ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएका हुन्।

मृतकहरूको परिचय खुलिसकेको छैन्।

घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *