सुनको भाउमा आजपनि गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सोमबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १ सय रुपैयाँ कायम छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ९९ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला दुई हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *