माबिलुङ इनर्जीको आईपीओ खुला, साउन २९ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ)का लागि बिक्री खुला गरेको छ ।

कम्पनीले प्रति कित्ता अंकितमूल्य १०० रुपैयाँका १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्कासन गरेको हो ।

साउन २६ गते (आज) देखि छिटोमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस अवधिमा मागअनुसार आवेदन नपरे ढिलोमा भदौ ९ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक लक्ष्मी सन्‌राइज क्यापिटलले जनाएको छ ।

पछिल्लो समय छोटो अवधिमा नै आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *