मातृशोकमा रहेका क्रिकेटर ललित राजवंशीलाई भेट्‌न घरमै पुगे कोशी प्रदेशका मुख्यमन्त्री कार्की

Thankot Times

थानकोट।

मातृशोकमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई भेट्न कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की घरमै पुगेका छन् ।

मुटु रोगबाट पीडित ६३ वर्षीया शुभकुमारी राजवंशीको आइतबार निधन भएको थियो ।

कार्की विराटनगर– १४ स्थित जतुवामा सोमबार बिहान १० बजे पुगेका हुन् ।

मुख्य मन्त्री कार्कीले क्रिकेटर राजवंशी र उनका परिवारसँग भेटघाट गरेका हुन् । उनले परिवारलाई सान्त्वना दिँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे ।

भेटमा मुख्य मन्त्री कार्कीले मृतक शुभकुमारीको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । ललितले आमालाई पहिल्यैदेखि मुटुमा समस्या देखिएको र यो पटक त सुतेकै ठाउँमा देहवसान भएको जानकारी गराए ।

ललित क्रिकेट खेल्नका लागि सोमबार अस्ट्रेलिया जाने तयारीमा थिए ।  आइतबार आमाको निधन भएको खबर पुगेपछि घर आएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *