सप्तकोशी नदीमा जलसतह बढ्दो, अहिले कति वटा ढोका खोलियो ?

Thankot Times

थानकोट ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । 

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ ।  

खतराको संकेतस्वरुप रातो बत्ती बालिएको उनले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *