नेकपा एमाले निकट प्रेस चाैतारीका सदस्य सन्दिप राई राससको महाप्रबन्धक नियुक्त

Thankot Times

थानकोट ।

पत्रकार सन्दिप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनीसँग अनुभव रहेको छ ।

प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका राईले अब ४ वर्षे कार्यकाल चलाउनेछन्। यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्यकाल सकिएपछि उनको स्थानमा सन्दिप राई नियुक्त भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *