आन्तरिक किचलोका बीच बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

Thankot Times

थानकोट ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् ।

बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको हाे ।

बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

हालको सत्ता समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा बनेको सरकारलाई विश्वासको मत पाउनुपर्ने संवैधानिक आवश्यकता छ।

विश्वासको मत प्रक्रिया प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि महत्वपूर्ण मानिन्छ।

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *