नेपाली बजारमा सुनको भाउ घट्याे, चाँदीको बढ्याे
थानकोट ।
नेपाली बजारमा बुधबार (साउन २८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एकलाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलाको २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।












