सुन चाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य घटेको छ ।
यस दिन सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












