नेपाली बजारमा सुनको मूल्य घट्यो
थानकोट।
नेपाली बजारमा आइतबार (भदौ १ गते) सुनको मूल्य घटेको छ ।
यस दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँ कायम छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।












