नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे
थानकोट।
नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।
उनलाई २०८२ भदौ १ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको कोषले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपिए गरेका घिमिरेले नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका थिए ।
उनीसँग केन्द्रीय बैङ्कमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैङ्किङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेको अनुभव छ ।












