कस्तो रहला आज शुक्रबार दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।

मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अघिल्ला दुई दिनको तुलनामा आज बढी वर्षा हुने सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशका पहाडी भू-भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *