जेसिस इन्टरनेसनलकी छात्रा बिनु थापालाई वन्यजन्तु निबन्ध प्रतियोगितामा प्रथम स्थान
थानकोट ।
राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा केन्द्रीय चिडियाखानामा आयोजित वन्यजन्तु निबन्ध प्रतियोगितामा सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा बिनु थापाले प्रथम स्थान हासिल गरेकी छन् ।
वातावरणीय चेतनामा केन्द्रीत भएर कोषको संयोजनमा भएको चिडियाघरका साथीहरू समुहका सदस्य विद्यालयहरूका विद्यार्थीहरूका बीचमा भएको सो प्रतियोगितामा थापाले सो सफलता प्राप्त गरेको विद्यालयले जनाएको छ ।
“हिउँ चितुवा र यसको संरक्षण” सिनियर क्याटगोरी (कक्षा ८–१०) मा अन्य प्रतिस्पर्धीहरूलाई उछिन्दै थापाको निवब्ध उत्कृष्ठ चयन भएको हो ।चरणबद्ध रुपमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ठ चुनिएका सहभागीहरूलाई विश्व वातावरण दिवसको छेको पारेर शुक्रबार पुरस्कार वितरण गरिएको जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए ।













