नागढुङ्गाबाट समातिए सुरज

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक जना युवा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित झापा दमक घर भएका ३० वर्षीय सुरज साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *