आज शनिबार कतै यात्रा गर्ने योजनामा हुनुहुन्छ ? जान्नुहोस दिनभरको मौसम

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षा हुनेछ । केही स्थानमा भने तातो दिनको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशलगायत देशको हिमाली भू-भागको थोरै स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेश पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *