तास खेलिरहेको अवस्थामा नागढुङ्गाबाट ११ जना पक्राउ, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार स्थानीय एक घरमा जुवा (तास) खेल भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा ११ जनालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट नगद एक लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई हाल थानकोट प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।
थानकोट प्रहरीका अनुसार उक्त स्थानमा लामो समयदेखि जुवा खेलाउने तथा खेल्ने गतिविधि सञ्चालन हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।
एआईबाट सृजित तस्बिर












