सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी २० रुपैयाँले बढेर तोलामा दुई हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला दुई हजार २ सय ९० रुपैयाँमा कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *