प्रहरी वृत्त थानकोटको नवनिर्मित भवन भोलि सोमबार उद्घाटन हुँदै
थानकोट ।
प्रहरी वृत्त थानकोटको नवनिर्मित भवन भोलि सोमबार उद्घाटन हुने भएको छ।
चन्द्रागिरि नगरपालिका-०६ थानकोट चेकपोष्टस्थित सो भवन काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रमुख नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले बिहान ९ बजे एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
करिब पाँच वर्षअघि निर्माण सुरु भएको सो भवन निर्माण सम्पन्न भएपछि गत महिनाबाट प्रहरी वृत्त थानकोटले सोही भवनबाट सेवा प्रदान गर्न थालेको हो ।
संघीय राजधानी प्रवेश गर्ने नाकामा रहेका कारण यस कार्यालयलाई प्रहरी वृत्तमा विशेष महत्वका साथ लिने गरिन्छ ।
प्रहरी वृत्त थानकोटले विशेषतः चन्द्रागिरि नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने गर्दछ ।












