नेपाली बजारमा सुनको मूल्यमा निरन्तर कीर्तिमान
थानकोट ।
नेपाली बजारमा पछिल्लो केहीदिन यता सुन र चाँदीको मूल्यले निरन्तर कीर्तिमान कायम गरिररहेको छ ।
हिजो आइतबार नेपाली स्थानीय बजारमा प्रतितोला २ लाख ३ हजार ६सय रुपैयाँमा किनबेच भएर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ।
आज सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ४७० पुगेको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ४२५ मा खरिदबिक्री भएको थियो ।
चाडपर्व नजिकिँदै जाँदा नेपाली बजारमा सुनचाँदीको मूल्य आकाशीय पनि व्यापार भने सन्तोषजनक नभएको व्यापारीहरूको भनाइ छ ।












