एसीसी महिला यू-१९ प्रिमियर कपको खेल तालिका सार्वजनिक

Thankot Times

थानकोट ।

मलेशियामा हुने १९ वर्षमुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले टी–२० फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता यही असार २७ देखि आउँदो साउन २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार र जापान छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र भूटान छन् । समूह ‘सी’ मा इन्डोनेशिया, मलेशिया र कुवेत छन् । समूह ‘डी’ मा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार छन् ।

हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगिताका शीर्ष ४ टोली एशिया कपका लागि छनोट हुनेछन् ।

एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *