खाद्य व्यवस्था तथा व्यापार कम्पनीका केही पसल बिहान ७ देखि राति ८ बजेसम्म खुला रहने

Thankot Times

थानकोट ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्दै आएका बागमती प्रादेशिक कार्यालय र रामशाहपथस्थित पसलहरू दुई ‘सिफ्ट’मा खुला गरिएको छ ।

यी पसल यसअघि कार्यालय समय अर्थात् बिहान १० देखि बेलुका ६ बजेसम्म मात्र खुला गरिँदै आएको थियो । पसल अब दैनिक १३ घण्टा खुला गरिएको हो ।

खाद्यका सबै पसलमा दुई सिफ्ट लागु गरिएको होइन् ।

बढी चहलपहल हुने रामशाहपथ र थापाथलीमा मात्र दुई सिफट्मा पसल खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यको छैटौँ वार्षिकोत्सव (साउन २८)देखि नै दुई सिफ्ट लागु गरिएको कम्पनीका बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

उनका अनुसार, उपभोक्ताको समयानुकूल हुने गरी बढीभन्दा बढी सेवा प्रदान गर्ने उद्देश्यका साथ बिहान ७ देखि दिउँसो १ बजेसम्म एउटा सिफ्टमा पसल खोलिएको छ । अर्को सिफ्ट अर्थात् दिउँसो १ देखि बेलुका ८ बजेसम्म थापाथली र रामशाहपथको काउन्टर खुला रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *