नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको तेस्रो दिन आज मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (सोमबार)को तुलनामा आज मंगलबार छापावाल सुन तोलामा ६ सय रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो ।

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि हिजो सोमबारको तुलनामा वृद्धि भएको छ ।

हिजो तोलाको २ हजार ४ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *