पुतलीसडकमा माइक्रो बसले दुई जना बालबालिकालाई ठक्कर दियो, एक जनाको अवस्था गम्भीर
थानकोट।
काठमाडौंको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।
दुर्घटनामा ९ वर्षीय बालक र ५ वर्षीया बालिका घाइते भएका छन् ।
बालकलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको छ ।
उनको अवस्था जटिल रहेको प्रहरीले बताएको छ ।
अर्का घाइते बालिकालाई भने प्रदर्शनीमार्गस्थित काठमान्डु मोडल अस्पताल लगिएको छ ।
उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।


















