दोलालघाटको जग्गा दर्ता गर्न २ लाख रुपैयाँ घुस लिने खरिदार समातिए

Thankot Times

थानकोट ।

मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र मोबाइल फोनसहित मालपोत कार्यालयको परिसरमै नियन्त्रणमा लिइएको हो ।

आयोगले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ