सप्ताह-पुराण लगाउँदा ठूलो आवाजमा माइक बजाउन नपाइने, ३ लाख जरिवाना हुनसक्ने

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ।

विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ । बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ ।

राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले अनुरोध गरेको छ । यस्तै, धार्मिक गतिविधि तथा सांस्कृतिक कार्यक्रम गर्दा ठुलो आवाज आउन नदिन ध्वनी नियन्त्रण गर्न प्रहरीले अनुरोध गरेको छ। साथै, कतै सो खालका ध्वनीजन्य प्रदुषण भएको अवस्थामा प्रहरी कार्यालयमा खबर गर्नसमेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले अनुरोध गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ