नेपालमा चल्नेछन टिकटक र भाइबर, फेसबुक, युट्युबसहितका सञ्जाल निष्क्रिय गरिँदै

Thankot Times

थानकोट ।

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिएको जानकारीअनुसार सातवटा बाहेक सबै सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गराउनका लागि पत्राचार गरिएको छ ।

“भदौ ९ गते क्याबिनेटले निर्णय गरेको थियो,” उनले बाह्रखरीसँग भने, “कार्यान्वयनको लागि दूरसञ्चार प्राधिकरणलाई लेखि पठाउने निर्णय भएको छ ।”

उनका अनुसार दर्ता भएका र प्रक्रियामा रहेका बाहेक सबै निष्क्रिय हुनेछन् ।

“सात बाहेक सबै सामाजिक सञ्जाल निष्क्रिय हुनेछन्,” उनले भने, “पाँचवटा सूचीकरण भएका छन् । दुईवटा प्रक्रियामा छन् ।”

उनका अनुसार भाइबर टिकटक, वीटक, निम्बस, पोपोेलाइभ सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *