कारागारको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी, दुई जना पक्राउ

Thankot Times

थानकोट । 

काठमाडौंमा पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-३० डिल्लीबजार कारागार कार्यालयको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

गत आइतबार बा ७६ प ७२५२ नम्बरको स्कुटरमा रहेको सामान चोरी भएको हो। 

चोरी आरोपमा सोलुखुम्बुका ३४ वर्षीय सबिनकुमार श्रेष्ठ र काभ्रेका ३१ वर्षीय पाल्साङ दोर्जे छन्।

उनीहरूले कारागारमा रहेका कैदी भेट्न आएका परिवारको स्कुटर चोरी गरेको एसपी बोहराले बताए।

उनीहरूले १२ हजार नगद, पर्ससहित एटिएम कार्ड, आइफोन, सामसङ र ओप्पो कम्पनीका मोबाइल चोरी गरेको आरोप छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ