ससुराली जान घरबाट निस्किएका वडाअध्यक्ष तीन दिनदेखि सम्पर्कविहीन

Thankot Times

थानकोट ।

कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

बुधबार साँझ रास्कोट–५, लामासिनस्थित ससुराली जान भनी हिँडेका बराल एकाएक सम्पर्कविहीन बनेका हुन् । वडा कार्यालयबाट दिउँसो नगरपालिका पुगेर साँझ ससुराली जान्छु भनेर हिँडेका बराल त्यसपछि सम्पर्कमा नरहेका  रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले जानकारी दिए ।

उनले रास्कोट नगरका सबै वडा र जाने सम्भावित स्थानमा नगर प्रहरी तथा स्थानीयले खोजी गरे पनि नभेटिएको बताए । नगर प्रमुख शाहीका अनुसार उनले मानसिक समस्यासम्बन्धी औषधी सेवन गर्दै आएका थिए । रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधि सेवन गरिरहेको उल्लेख छ ।

वडाध्यक्ष बराल हराएको प्रहरी चौकी रास्कोटमार्फत आएपछि प्रहरीले रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेकबहादुर रावतले बताए । बराल २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *