आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना हुँदै

Thankot Times

थानकोट ।

वर्षा र सहकालका देवताका प्रतिकका रुपमा रहेका भगवान इन्द्रको पूजाआराधना गरी आज काठमाडौं उपत्यकामा परम्पराजत इन्द्रजात्रा पर्व मनाइँदै छ ।

हनुमानढोका तथा सो आसपास क्षेत्रका टोल टोलमा इन्द्रध्वजा फहराइएको छ ।

स्थानीय टोल टोलमा राखिएका श्वेत भैरव, काल भैरव र इन्द्रको दर्शन सर्वसाधारणलाई खुला गरिएकाले छ ।

जात्राका लागि वसन्तपुर दरबार तथा सो आसपास क्षेत्रमा रङरोगन गरी बेहुली झै सिँगारिएको छ ।

जात्राअन्तर्गत भैरव, भगवती, कुमार, दैत्य, कङ्काल, ख्याः, सात देवीदेवताका सात नाइकेसहितको विशेष नाच बाजागाजासहित जैसीदेवल, बाङ्गेमुढा, इन्द्रचोक, किलागःलगायत स्थानमा प्रदर्शन गरिने छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने सो कार्यक्रमअन्तर्गत गणेश, भैरव र कुमारीको रथ यात्रा गरिने कार्यक्रममा राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रिगण, विभिन्न मुलुकका राजदूतलगायतको सहभागिता हुनेछ ।

चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास

कथाअनुसार कुनै समय प्राचीन काठमाडौँ (काष्ठमण्डप) अर्थात् नेपालमण्डलमा एक दिन देवताका राजा इन्द्रले पूजाका लागि आमालाई मन पर्ने पारिजातको फूल चोरी गरेपछि यहाँका बासिन्दाले उनलाई समातेर डोरीले बाँधी सजाय दिएका थिए ।

उनले आफ्नो परिचय दिएपछि नेपालमण्डलमा बसोबास गर्ने मानिस बडो अनर्थ भयो भनी त्रासले अतालिए । सो खबर इन्द्रकी माता डाकिनीले थाहा पाएपछि आफ्ना छोरालाई लिन नेपालमण्डल आइन् । त्यसपछि सो घटनालाई वर्षमा एक पटक स्मरण गर्न जात्रा निकाल्ने सहमति भएपछि इन्द्र डाकिनीलाई जिम्मा लगाइएको थियो ।

इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन रहेपनि आज शनिबार परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *